• बिहिबार, साउन १४ २०८३

सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको दोस्रो बैठक बस्दै


बिहिबार, साउन २६ २०७९
760
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको दोस्रो बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने तय भएको हो। 

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

कार्यदलको पहिलो बैठक गत २४ असारमा बसेको थियो। नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको संयोजगत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो। 

यसअघि बसेको बैठकमा देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन एकसाथ गर्नेगरी समझदारी बनेको एक नेताले जानकारी दिएका छन्। ती नेताका अुनसार आज बस्ने बैठकमा सिट संख्याको बारेमा छलफल हुने छ। यसअघि नै बाँडफाँट गर्दा लचक हुने समझदारी बनेको छ। 

कार्यदलमा नेपाली कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन्। 

कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। 

त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार