• शनिबार, साउन ९ २०८३

गोरखा २ काँग्रेसले नपाए परिणाम प्रतिकुल आउन सक्छ : पाण्डे


बिहिबार, साउन २६ २०७९
1.7K
Shares

गोरखा । मंसिर ४ गते संघिय र प्रदेश सभाको निर्वाचन तोकिएसंगै जिल्लामा चुनावी सगर्मी बढ्न थालेको छ । त्यसमा पनि गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार को भन्ने बिषय पेचिलो बन्दै गएको बेला नेपाली काँग्रेसले आफ्नो धारणा सार्वजानिक गरेको छ ।

बिहिबार नेपाल प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा पार्टीका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गठबन्धनका नाममा यो पटक गाोरखा क्षेत्र नम्बर २ मा काँग्रेसले अन्य पार्टीलाई भोट दिन नसकिने बताएका छन् ।

गठबन्धनका नाममा गएको २०७४ सालको निर्वाचनमा तत्कालिन नयाँ शक्ति पार्टीका उम्मेदवार डा बाबुराम भट्टराईलाई काँग्रेसले भोट दिएर जिताएपनि चुनाव जितेपछि उनले काँग्रेसकै अपमान गरेको पाण्डेको आरोप छ ।

‘हामीले २ नम्बर मा बाबुरामजीलाई त्यत्रो मत दिएर जिताऔं तर चुनाव जित्नेवित्तिकै हामीमाथी नै अपमान र प्रहार गर्ने काम थाल्नुभयो’ उनले भने ‘अब नेतृत्वले गठबन्धनका नाममा त्यस्तो गल्ती दोहो¥याउन हुदैन भन्ने आम काँग्रेसका कार्यकर्ताको आवाज छ ।’

साथै उनले जनताको मर्म र भावना विपरित नेतृत्वले टिकट दिए परिणाम प्रतिकुल समेत आउन सक्ने चेतावनी दिएका छन् । जिल्लामा गएको स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादीको मत हेर्दा बराबर जस्तै रहेकाले दुई निर्वाचन क्षेत्र र ४ प्रदेशसभामा बराबर सिट बाँडफाँडको तयारी रहेको समेत उनले जानकारी दिए ।

अघिल्लो निर्वाचनमा समेत क्षेत्र नम्बर २ काँग्रेसले अन्य दललाई दिएकाले यो पटक कुनै हालतमा काँग्रेसले पाउनुपर्ने उनको दावी छ । हाल बाबुराम भट्टराईको नयाँ पार्टी गठबन्धनमा नहरेको तर्क गर्दै उनले गठबन्धन नै काँग्रेस र माओवादीवीच मात्रै हुने दावी गरे । यस्तो अवस्थामा गोरखा क्षेत्र नम्बर १ माओवादी केन्द्र र २ मा काँग्रेसका उम्मेदवार उठाउने गरी तयारी थाल्नुपर्ने उनको जिकिर छ ।

माअ‍ेवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको राष्ट्रिय सभामा अझै ४ बर्षे कार्यकाल बाँकी रहेकाले प्रतिनिधी सभामा उम्मेदवार बन्न नहुने उनको तर्क छ ।

नेपाल प्रेस युनियन गोरखाका अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनका क्रममा काँग्रेसका अर्का केन्द्रिय सदस्य अब्दुल सत्तारले समेत क्षेत्र नम्बर २ मा काँग्रेसले आफ्नै उम्मेदवार बनाउनुपर्नेमा जोड दिए ।

अबको निर्वाचनमा तपाईको उम्मेदवारी संघमा कि प्रदेशमा भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘सत्ता गठबन्धनका दलवीच सिट बाँडफाड गर्न बनेको कार्यदलको निर्णय नआई म उम्मेदवार हाे भनेर घोषणा गर्न मिल्दैन ।’

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति नन्द प्रसाद न्याैपाने लगायत पार्टीका नेता कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार