• बिहिबार, साउन १४ २०८३

रत्नलक्ष्मी प्रअ विवाद: व्यवस्थापन समितिले शिक्षा नियमावलीको धज्जी उडायाे- त्रिपाठी


बिहिबार, साउन २६ २०७९
1.2K
Shares

गोरखा । गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माविमा व्यवस्थापन समितिले शिक्षा ऐन, नियमावलीको धज्जी उठाउदै आफूलाई प्रधानाध्यापक पदबाट हटाइएको साधना त्रिपाठीले आरोप लगाएकी छिन् ।

शिक्षा ऐन, नियमावली विपतरित कनिष्ट शिक्षकलाई प्रधानाध्यापक बनाएको भन्दै उनले बुधबार पत्रकार सम्मेलन गर्दै असन्तुष्टि ब्यक्त गरेकी हुन् । २०५८ सालबाट प्रअकाे भुमिकामा रहेकी त्रिपाठीलाई हटाएर साउन २१ गतेकाे बैठकले समितीले साेही बिधालयमा कार्यरत शिक्षक पूर्णकुमार श्रेष्ठलाई प्रअकाे जिम्मेवारी दिएकाे थियाे ।

‘शिक्षा नियमावलीकाे नियम ९३ काे उपनियम १० र १२ काे प्रकृया समेत पूरा नगरी समितीले मलाई कटाएर म भन्दा कनिष्ठ शिक्षकलाई प्रअकाे दिइएकाे छ’ उनले भनिन् ‘समितीले म माथी ब्यक्तिगत रिसीबी साँध्याे, बिना उचित कारण षड्यन्त्रपूर्ण ढंगले आफ्नो स्वार्थ सिद्ध गर्न प्रअ हटाउने निर्णय मलाई मान्य हुदैन ।’

त्यस्तै उनले आफु महिला भएकै कारण उपेक्षित हुनुपरेकाे समेत गुनासाे गरेकी छिन । महिलाले प्रधानाध्यापक पद सम्हाल्न सक्दैन भन्दै बारम्बार प्रअ छाड्न आफूमाथि दबाब आउने गरेको भन्दै उनले यसपटक पनि सोही आक्रमणको शिकार भएको उनको आरोप छ ।

‘विद्यालय व्यवस्थापन समितिले लहडका भरमा मनोमानी रुपमा प्रअ बनाउने र हटाउने गर्न पाउने व्यवस्था छैन’, उनले भनिन्, ‘बहालवाला प्रअले गल्ती कमजोरी गरेको भए त्यसलाई पुष्टि गरी, स्पष्टिकरण सोधेर सच्चिने मौका दिनुपर्ने व्यवस्था छ । तर हाम्रो विद्यालय व्यवस्थापन समितिले बिना उचित कारण षड्यन्त्रपूर्ण ढंगले आफ्नो स्वार्थ सिद्ध गर्न मलाई हटाउने निर्णय गरेको छ ।’

बिनाकारण कसैको व्यक्तिगत स्वार्थका कारण अपमानजनक रुपमा हटाइएकाले न्याय माग्न अदालत जाने उनले बताएकी छिन् । ‘मैले नगरशिक्षा शाखामा निवेदन दिएकाे छु, त्याहाबाट के जवाफ आउछ हेर्छु, आफु अनुकुल भएन भने सर्वाेच्च अदालतमा नगरशिक्षालाई समेत विपक्षी बनाएर मुद्धा हाल्छु’ त्रिपाठीले भनिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार