
काठमाडौं। सांसद देव गुरुङले तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले निर्वाचनसम्बन्धी कार्यतालिकाका लागि तत्काल ऐन ल्याउनुपर्ने माग गरे।
‘सरकारले मंसिर ४ गते संघ र प्रदेशसभा सदस्य निर्वाचनको घोषणा गरेको छ। प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर संविधानको धारा ८५ (१) ले भनिको छ। सर्वोच्च अदालतको दुई /दुई पटकको आदेशले पाँच वर्ष घटाउन नपाउने भनिएको छ।
यो मध्यावधि निर्वाचन पनि होइन। ७६ को ५ को सरकार विफल भएको पनि होइन,’उनले भने,’ त्यसकारण निर्वाचन कार्यतालिकासम्बन्धी विषयमा एउटा ऐन ल्याउन आवश्यक छ।’


