• शुक्रबार, भाद्र २६ २०८३

प्रचण्ड आज स्वदेश फर्किँदै


बुधबार, साउन २५ २०७९
915
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर बुधबार स्वदेश फर्किँदै छन्।

नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौँ आइपुग्ने उनको सचिवालयले जनाएको छ।

टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल छन्।

जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले त्यहाँको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार