

गोरखा । नेपाल आदिवासी जनजाति महासंघ गोरखा नगर परिषद् गोरखाको अधिवेशनबाट अध्यक्षमा कर्ण बहादुर गुरुङ चयन भएका छन् ।
महासंघकाे दोस्रो अधिवेशनबाट गुरुङकाे नेतृत्वमा नगर कार्य समिती चयन भएकाे हाे । जसकाे उपाध्यक्षमा पाकुली माया तामाङ्ग, सचिवमा राहुल बज्राचार्य, सह—सचिवमा सर्मिला कुमाल, कोषाध्यक्षमा बल बहादुर कुमाल चयन भएका छन् ।


यसैगरी सदस्यहरुमा मतालु गुरुङ, लक्ष्मण श्रेष्ठ, रत्न बहादुर थापा मगर, विनिता बराम, सिता राना मगर, मान बहादुर राना मगर, गौरी तामाङ्ग र शिव गुरुङ्ग निर्वाचित भएको नगर कार्यसमितिले जानकारी दिएको छ ।
सबै पदाधिकारीहरु निर्विरोध चयन भएकाे बताइएकाे छ ।