गोरखा । राष्ट्रिय महिला आदीबासी जनजाती महासंघ समन्वय परिषद् गोरखाको अध्यक्षमा मिना गुरुङ चयन भएका छन् ।
गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा सुकमाया तामाङ, सचिवमा राधिका कुमाल, सह—सचिवमा मेलिना बराम, कोषाध्यक्षमा विमला थापा मगर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा हिमला गुरुङ, गीता मल्ल (श्रेष्ठ), विना देवी श्रेष्ठ, रसु भुजेल, सरिता गुरुङ, राम माया राना, माया राना र निर्वतमान अध्यक्ष नानु माया थापा मगर निर्वाचित भएको सचिव कुमालले जानकारी दिइन् ।
गत साउन २२ गतेको बैठकले सिफारिस गरिएको पदाधिकारीहरुलाई आज गरेको २८ औं विश्व आदीबासी दिवस तथा प्रथम अधिवेशनबाट कार्यसमिति गठन गरिएको उनले बताइन् ।