नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई बालुवाटार गएका छन्।
आगामी चुनावबारे गठबन्धन गरेर जाने विषयमा कुराकानी गर्न भट्टराई आज बालुवाटार गएका हुन्।

समाजवादी पार्टी सत्ता गठबन्धनमै रहेर मंसिर ४ को चुनावमा जान चाहेको छ।
आगामी चुनावमा गठबन्धन गरेर जानेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न भट्टराई र यादव बालुवाटार गएका हुन्।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
बाबुराम गोरखा २ मा चुनाव लड्ने तयारीमा रहेकाे समेत उनले जानकारी दिए । समाजवादी पार्टीले आफूहरू सत्ता गठबन्धनमै रहेको बताउँदै आएको छ।
बाबुरामसंगै पार्टीका अर्का अध्यक्ष महिन्द्र यादव समेत वालुवाटार गएका थिए ।

