• शुक्रबार, भाद्र २६ २०८३

चुनावका लागि एमाले १० औं नम्बरमा दर्ता


मंगलबार, साउन २४ २०७९
810
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले दल दर्ता गराएको हो।

निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका मुख्यसचिव भीष्म अधिकारीका अनुसार दशौं नम्बर पार्टी दर्ता भएको छ। ‘एमालेको दल दशौं नम्बरमा निर्वाचन आयोगमा दर्ता भएको छ,’ अधिकारीले भने, ‘दर्ता नम्बर ३८१ छ’

एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत आयोग पुगेर दल दर्ता गराएका हुन्।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आइतबारदेखि दल दर्ता शुरु गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार