• बिहिबार, साउन १४ २०८३

करार कर्मचारी निकालेर आफ्ना कार्यकर्ता भर्ति गरिरहेका पालिकाहरुलाई कारवाहीको चेतावनी


मंगलबार, साउन २४ २०७९
1.2K
Shares

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई करार कमर्चारी लिने विषयमा प्रक्रिया नपुर्याए कारवाहीको चेतावनी दिएको छ ।

मन्त्रालयले करार कर्मचारी हटाएर पुनः नियुक्ति गर्दा लोक सेवा आयोगमा पदपूर्तिका निम्ति नपठाउने सबै स्थानीय तहलाई कारवाही गर्न अख्तियार दुरुपयोय अनुसन्धान आयोगलाई लेखिपठाइने जानकारी गराएको हो ।

लोक सेवा आयोगबाट स्थायी कर्मचारी पदपूर्ति गर्न सक्ने अवस्था हुँदाहुँदै आयोगसँग समन्वय नगरी करार कर्मचारीलाई निरन्तरता दिएर कर्मचारी भर्ना गर्ने व्यवस्थाको दुरुपयोग भएको मन्त्रालयको ठहर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार