• बिहिबार, साउन १४ २०८३

गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे भेला सम्पन्न, सभापतिमा भीमसेन


मंगलबार, साउन २४ २०७९
1.1K
Shares

गोरखा। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको जिल्लास्तरी भेला सम्पन्न भएको छ ।

साेमबार गोरखा सदरमुकाममा भएकाे भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको सभापतिमा भीमसेन श्रेष्ठलाई चयन गरेकाे छ । भेलाले गण्डकी गाउँपालिका ३ फुजेलका श्रेष्ठको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरेकाे हाे ।

कार्यसमिति गठनमा उपाध्यक्ष र सचिवको ठाउ भने खाली राखेको छ । सो कार्यक्रममा जिल्लाका ११ वटै स्थानीय तहमा संयोजक तोकेको पार्टिका गण्डकी प्रदेश सदस्य एवं जिल्ल भेला संयाेजक विशेष पन्तले बताए । आगामी भदौ ४ गतेभित्र जिल्लाका सबै पालिका र वडाहरुमा कार्यसमिति चयन गरी सार्वजनिक गर्ने उनकाे भनाई छ ।

पार्टीका केन्द्रीय सदस्य तथा पार्टी संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकाेटीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा भर्चुअल माध्लायमबाट पार्टिका सभापति रबि लामिछानेले सम्बाेधन गरेका थिए । उनले देश सम्हाल्ने जिम्मेवारी युवाको काँधमा आएको र जनताले असल नेतृत्व छानेर पठाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा संगठन विभाग प्रमुख बुर्लाकोटीले पार्टीको विधान, पार्टीको रणनीति, कार्ययोजनाका साथै आगामि रणनीतिका बारेमा जानकारी गराएका थिए । पुराना राजनीतिक दलप्रति जनताको वितृष्ण भएकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको उनले बताए ।

त्यस्तै, गण्डकी प्रदेश सदस्य डा. ढाका कुमार श्रेष्ठले पैसाको अभावले कुनै पनि विरामीले उपचार पाउनबाट बन्चित नहुने गरी काम गर्ने बताए । मिसन नेपालका उपाध्यक्षमा समेत रहेका उनी सामाजिक अभियन्ता पनि हुन् । उनी विभिन्न व्यवसायको फर्म संचालन गर्दै आएका छन् । सभापतिमा चुनिएसँगै अव संगठकको विस्तार कार्यमा जोड दिने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य एजिला गुरुङ, कुसुम महर्जन, बसुमाया तामाङ र पार्टीको प्रदेश सदस्यहरु विशेष पन्त, बोधराज रेग्मी, सितला थापा, श्याम सेन्चुरी, ढाका कुमार थापा लगायत मन्तव्य राखेका थिए । कार्यक्रमलाई गण्डकी प्रदेश सदस्य विशेष पन्तले सहजीकरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार