
गोरखा । स्थापना दिवशका अवसरमा नेपाल हिला संघ गाेरखा नगरसमितीले गाेरक्षनाथ वैदिक गुरुकुललाई खाद्धान्न सहयाेग गरेकाे छ ।
महिला संघकाे ७५ औं स्थापना दिवशका अवसरमा नगरसमितीले गाेरखा नगरपालिका ६ काे दरबारमार्गमा रहेकाे साे गुरुकुलमा अध्ययनरत विधार्थीहरुका लागि खाद्धान्न सामाग्री सहयाेग गरिएकाे हाे ।



संघका नगर अध्यक्ष विनाकुमारी श्रेष्ठकाे अध्यक्षतामा भएकाे सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका गोरखा जिल्ला सभापति नन्द प्रसाद न्याैपानेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा चामल, ग्यास, बिस्कुट लगायतका सामाग्रीसहित केहि नगद रकम समेत हस्तान्तरण गरिएकाे संघकी नगरसचिव रञ्जिला श्रेष्ठले जानकारी दिइन् ।

हस्तान्तरण कार्यक्रममा बाेल्दै काँग्रेसका जिल्ला सभापति न्याैपानेले महिलाहरुलाई राजनितिक र सामाजिक क्षेत्रकाे नेतृत्व तहमा ल्याउन महिला संघकाे भूमिका महत्वपूर्ण रहेकाे बताए । साथै उनले महिला संघकाे स्थापना गरेर मंगलादेवि सिंहले नेपाली राजनीतिमा पुर्याएकाे याेगदानकाे समेत चर्चा गरेका थिए ।
कार्यक्रममा काँग्रेसका महासमिति सदस्य राजनराज पन्त, महाधिवेशन प्रतिनिधी एवं नेविसंघ गोरखाका अध्यक्ष सुवास अधिकारी, पार्टीका गोरखा नगरसभापति चन्दनबाबु खत्री लगायतकाे सहभागिता रहेकाे थियाे ।

