• शुक्रबार, भाद्र २६ २०८३

बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक


सोमबार, साउन २३ २०७९
625
Shares

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक जारी रहेको प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार पार्टीका विभाग गठनलगायत आन्तरिक विषय,आसन्न संघ र प्रदेश सभा निर्वाचनको तयारीलगायत विषयमा छलफल भइरहेको छ।

आजै दिउँसो ३ बजे कार्यदलको बैठक बस्दैछ। कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला,गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।

सत्ता गठबन्धनले आगामी मंसिर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाट गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ। 

सरकारले निर्वाचनको मिति तय गरेसँगै राजनीतिक दलहरु आन्तरिक छलफललाई तीव्र पारेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार