• बिहिबार, साउन १४ २०८३

तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग


आइतबार, साउन २२ २०७९
735
Shares

g]tf k|bLk 1jfnL sf7df8f}F, # ;fpg . k|wfgdGqL z]/axfb'/ b]pjfaf6 k|ltlglw;efsf] bf];|f] a}7sdf ;+ljwfgsf] wf/f &^ sf] pkwf/f -^_ adf]lhd cfkm"dfly k|ltlglw;efsf] ljZjf;sf] dtsf] nflu k|:tfj ug{'ePkl5 cfOtaf/ g]kfn sDo'lgi6 kf6L{ -g]skf_ Pdfn]sftkm{af6 wf/0ff k|:t't ug{'x'Fb} g]tf k|bLk 1jfnL . t:jL/M /Tg >]i7, /f;;

काठमाडौं। नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए ।

‘मूल्य बढेर आउँदा जनतालाई मूल्यभार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले आरोप लगाए । जस कारण भाउ बढाइरहेको सरकारले अहिले मूल्य नघटाएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार