• बिहिबार, साउन १४ २०८३

आगामी निर्वाचनका लागी गोरखामा सातवटा मतदान स्थल थप्न सिफारिस


आइतबार, साउन २२ २०७९
740
Shares

गोरखा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी गोरखामा विभिन्न सात ठाउँमा नयाँ मतदान स्थल थप गर्न सिफारिस गरिएको छ ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको साउन १२ को निर्णय अनुसार शुक्रबार आयोगमा बिवरणसहित सिफारिस गरी पठाइएको हो ।

सिफारिस गरिएका मतदान स्थलमध्ये चुमनुब्री गाउँपालिकामा दुई, धार्चेमा दुई शहीदलखनमा दुई र बारपाक सुलिकोट गाउँपालिकामा एउटा रहेको छ ।

यस अघिको निर्वाचनमा गोरखामा दुई सय १५ मतदान स्थल र तीनसय ११ मतदान केन्द्र रहेका थिए । चुमनुब्री ३ को फिलिम आधारभूत विद्यालय पाती, सिदुङ आधारभूत विद्यालय सरस्यू नयाँ मतदान स्थल कायम भएको छ ।

धार्चे गाउँपालिका ३ को दुङ्ला आधारभूत विद्यालय, ७ को गोरखनाथ आधारभूत विद्यालय खानीगाउँ, शहीदलखन गाउँपालिका २ को बनौती आधारभूत विद्यालय डाँडागाउँ, सोही वडाको बक्रेश्वरी आधारभूत विद्यालय तिउरेभञ्ज्याङ, बारपाक सुलिकोट गाउँपालिका ३ को स्तुल आधारभूत विद्यालय स्तुलखोला गरी सातवटा नयाँ मतदान स्थल थपका लागि सिफारिस गरिएको नायब सुब्बा सुवेदीले बताए ।

१७ वटा मतदान स्थललाई पूरै अर्को पायक पर्ने ठाउँमा स्थानान्तरणका लागि पनि सिफारिस गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

जस अन्तर्गत आरुघाट गाउँपालिकामा दुईवटा, गण्डकी गाउँपालिकामा एक, गोरखा नगरपालिकामा दुई, चुमनुब्री गाउँपालिकामा सात वटा, धार्चे गाउँपालिकामा चारवटा र भीमसेन थापा गाउँपालिकामा एउटा मतदान स्थल रहेका छन् ।

राजनीतिक दल, स्थानीय तह, जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा जिल्लाबाट सिफारिस भएका स्थलबारे अन्तिम निर्णय निर्वाचन आयोगले गर्नेछ । आयोगबाट निर्णय भएपछि मात्रै स्थल थप प्रमाणित हुने निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार