• शुक्रबार, भाद्र २६ २०८३

समाजवादी पार्टीको अध्यक्षमा बाबुराम, उपाध्यक्षमा हिसिला


आइतबार, साउन २२ २०७९
1000
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ । त्यस्तै सहध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठ चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह र दुर्गा सोव चयन हुँदा महासचिव रमेशप्रसाद यादवलाई बनाएको छ ।

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ ।

जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्र कुमार किराँती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैर भौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार