• बिहिबार, साउन १४ २०८३

भारतमा आज उपराष्ट्रपति निर्वाचन हुँदै


शनिबार, साउन २१ २०७९
655
Shares

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। आजै साँझपछि नतिजा आउने सम्भावना छ।

सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन्।

पश्चिम बंगालका पूर्व गभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

वर्तमान उपराष्ट्रपति बेकैया नायडूको कार्यकाल आगामी अगष्ट १० मा सकिँदैछ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार