• बिहिबार, साउन १४ २०८३

गठबन्धन गरेका दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने


शनिबार, साउन २१ २०७९
640
Shares

काठमाडौं । गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन् । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ । 

तर, त्यसका लागि उनीहरूले आयोगमा निवेदन दिनुपर्ने हुन्छ । ऐनको दफा ४९ मा एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ ।

जसमा दुई वा दुई भन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । अर्थात् गठबन्धन गरेका दलले कुनै एउटा दलको वा अरू कुनै पनि चिह्न लिएर चुनाव लड्न पाउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार