• बिहिबार, साउन १४ २०८३

प्रचण्डलाई गाेरखाबाट चुनाव लड्न प्रस्ताव


शुक्रबार, साउन २० २०७९
990
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ लाई गोरखाबाट चुनाव लड्न प्रस्ताव आएकाे छ ।

आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न साेही क्षेत्रका सांसद हरिराज अधिकारीले प्रस्ताव गरेका हुन् ।

साँसद अधिकारीका अनुसार गोरखाका जनताकाे चाहाना र पालिकाकाे नेतृत्व तहमा भएका नेताहरुकाे तर्फबाट अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्न आफुले प्रस्ताव गरेको बताए ।

सिभिलखबरसंगकाे कुराकानीमा अधिकारीले आफ्नाे प्रस्तावमा प्रचण्डले गोरखाबाट चुनाव लड्ने वा नलड्ने भन्ने बिषयमा कुनै प्रतिकृया नदिएकाे समेत बताएका छन् ।

‘उहाँले त्यस विषयमा जवाफ दिनुभएकाे छैन’ साँसद अधिकारीले भने, ‘पार्टीभित्र छलफल हुन बाँकी छ, याे प्रारम्भिक अनुराेध मात्रै हाे ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार