• बिहिबार, साउन १४ २०८३

 सत्तारूढ दलबीच चुनावी तालमेल हुने, गठबन्धनभित्रै उपगठबन्धन बनाउन पाइने


शुक्रबार, साउन २० २०७९
685
Shares

सत्तारुढ पाँच दलले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् ।

सत्ता गठबन्धनको शुक्रबार बालुवाटारमा बसेको बैठकले निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेकाे हाे ।

बैठकले निर्वाचनमा कार्यदल बनाएरै दुवै सभाको उम्मेदवारका लागि सिट बाँडफाँट गर्ने निर्णय लिएकाे हाे । 

यो बैठकले सत्ता गठबन्धनमै तालमेल गर्ने र चुनावमा केन्द्रित हुने निर्णय गरेको छ। त्यसैगरी पाँच दलभित्रैका दुई दलहरुबीच मात्रै गठबन्धन गर्न सकिने गरी बैठकले सहमति जुटाएको सहभागी एक नेताले बताएका छन्। 

‘पाँच दलभित्रै पनि उपगठबन्धन बनाउन पाइने सहमति भएको छ। सिट बाँडफाँटबारे छलफल थाल्न समिति बन्ने छ’, ती नेताले भने, ‘समितिमा प्रत्येक पार्टीबाट दुईदेखि तीनजना रहने छन्।’

उक्त समितिले दिएको प्रतिवेदनका आधारमा गठबन्धनले सिट बाँडफाँट गरेर चुनावी अभियानमा होमिने भएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार