
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले पहिलो बैठक बोलाएको छ।
निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकी नै छ।

पार्टीका नेता विश्वदीप पाण्डेका अनुसार काठमाडौंमा शनिबार हुने बैठकले संगठन निर्माणबारे विभिन्न निर्णय गर्नेछ।
उनकाअनुसार केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिनका लागि शनिबार बैठक बोलाइएको छ।
यस्तै नेता तथा कार्यकर्ताहरूको कार्यविभाजनसम्बन्धी पनि निर्णय गर्ने तयारी छ।
बैठकमा मंसिरमा हुने निर्वाचनबारे पनि छलफल हुने बताइएको छ।
बैठकमा पार्टीको आन्तरिक विषय र आगामी चुनावबारे रणनीतिबारे छलफल हुने बताइएको छ।


