• बिहिबार, साउन १४ २०८३

‘१ रुपैयाँ दान’ अभियानबाट गण्डकीका मुख्यमन्त्रीलाई ७१७ रुपैयाँ दान !


बिहिबार, साउन १९ २०७९
775
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्रीका पारिवारिक ट्रस्टका लागि विनियाेजित बजेटकाे सांकेतिक विरोध स्वरुप संकलित रकम अनेरास्ववियुले मुख्यमन्त्रीलाईहस्तान्तरण गरेको छ ।

अनेरास्ववियु गण्डकीले बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ‘१ रुपैयाँ दान’ अभियानबाट संकलित रकम हस्तान्तरण गरेकाे हाे।

अनेरास्ववियुले हालै पाेखराका चाेकचाेकमा बिरोध स्वरुप १ रुपैयाँ दान अभियान चलाएको थियो । त्यसबेला संकलित ७ सय १७ रुपैयाँ मुख्यमन्त्री पोखरेललाई प्रदान गरेको अनेरास्ववियु गण्डकी प्रदेश सचिव रोमाकान्त पोखरेल (आरके)ले जानकारी दिए ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८०को बजेटमागण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सत्तारुढ दलका केही नेता तथा प्रदेश सभाका सदस्यका आफन्तको नाममा खोलेको स्मृति कोष, फाउन्डेसनका लागि रकम विनियोजन गरेको विरोधमा अनेरास्ववियुले अभियान चलाएको थियो ।

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, केन्द्रीय नेता तथा जिल्लाका नेताका पारिवारिक सदस्यका नाममा ट्रस्टदेखि स्मृतिपार्क, प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेपछि जनस्तरमा चर्को विरोध भएको थियो ।

अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र उपाध्याय ‘मन्नु’, सञ्जय पौडेल, स्मृति बराल, केन्द्रीय सदस्य तथा कास्की संयोजक विजय पौडेलले प्रदेश सरकारले संशोधन विधेयकमार्फत बजेटबाट फिर्ता नगरेका कारण फेरि पनि राज्यकोषको रकम दुरुपयोग हुने चिन्ता व्यक्त गरे ।

राज्यकोषको रकम मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान तथा संस्थालाई प्रदान गरेको विरोधमा राष्ट्रिय युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकीको अगुवाईमा युवा र विद्यार्थीले सडक प्रदर्शन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार