• बिहिबार, साउन १४ २०८३

ताइवानविरुद्ध नेपालले चीनलाई साथ दिने


बुधबार, साउन १८ २०७९
730
Shares

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनको स्वतन्त्र ताइवानविरुद्धको नीतिमा नेपालको समर्थन रहने विश्वास व्यक्त गरेकी छन् ।

बुधबार एक प्रेस वक्तव्य जारी गर्दै याङछीले नेपाल एक-चीन नीतिमा प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी हुन् । 

उनले चीन स्वतन्त्र ताइवानविरुद्ध रहेको र यसमा नेपालको पूर्ण समर्थन रहने बताएकी हुन् । यान्छीले नेपाल र चीनबीचको सम्बन्धको राजनीतिक आधार भनेको एक-चीन नीति रहेको उल्लेख गरेकी छन् ।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी २४ लडाकु विमानसहित ताइवान पुगेपछि यान्छीको यस्तो धारणा आएको हो । 

‘हामी विश्वास छ कि नेपाल सरकार र नेपाली जनताले एक-चीन नीतिको पालना गरिरहनेछन् र चीनको वैध र न्यायसंगत अडानलाई बुझेर समर्थन गर्नुका साथै एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन्,’ यान्छीले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार