• शुक्रबार, साउन १५ २०८३

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न अनेरास्ववियुको माग


मंगलबार, साउन १७ २०७९
780
Shares

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ।

भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाउँदा नेपाल आयल निगमले मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो। 

‘भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुई पटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य घटाएको छैन।’

अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको छ।’ 

जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी मुल्य समायोजन नगरिएकोप्रति अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ। 

मूल्यवृद्धिले गरीब जनताको चुल्हो बल्न कठिन र सार्वजनिक यातायातको भाडा महंगिएकाले देशमा राज्य छ कि छैन भन्ने अवस्था आएको अखिलको ठहर छ। अनेरास्ववियुले वैज्ञानिक तथा स्वचालित मूल्य समायोजनको पक्षमा निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

‘मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ । तसर्थ यथाशिघ्र मुल्य समायोजन गर्न निगमलाई आग्रह गर्न चाहन्छौँ, अन्यथा अनेरास्ववियु वैज्ञानिक तथा स्वचालित मूल्य समायोजनको पक्षमा निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार