• शुक्रबार, साउन १५ २०८३

वाईसीएलको राष्ट्रिय भेला भदौ ३ र ४ गते, नयाँ नेतृत्व चयन हुने


आइतबार, साउन १५ २०७९
540
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले नयाँ नेतृत्व चयनका लागि दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ।

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीले भदौ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेला हुने जानकारी दिए ।

उनका अनुसार भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुनेछ । भेलामा करिब ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

एक महिलासहित प्रत्येक जिल्लाबाट तीन जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनित गर्ने छ ।

गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेपछि सुमन देवकोटाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार