• शुक्रबार, साउन १५ २०८३

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता


शुक्रबार, साउन १३ २०७९
750
Shares

भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ।

शुक्रबार बिहान भारतीय विदेश मन्त्रालयमा राजदूत शर्मा र क्वात्राबीच भेट भएको हो।

सामाजिक सञ्जाल ट्विटमा भेटबारे जानकारी दिँदै नयाँदिल्लीस्थित नेपाली* दूतावासले दुई पक्षीय सहकार्यका विविध विषयमा छलफल भएको बताएको छ। ‘सम्बन्धका सबै आयामहरूलाई गहिरो र बलियो बनाउन मिलेर काम गर्नेमा दुबै पक्ष सहमत भएका छन्,’ ट्विटमा भनिएको छ।

गत चैतमा भारतीय राजदूत बनेर गएका शर्माले अहिलेसम्म विदेश मन्त्रालयका अधिकारीहरूसँग भेट गर्न पाएका थिएनन्।

‘आजको भेट शिष्टाचार हो। राजदूत नियुक्त भएपछि विदेश मन्त्रालयको अफिसमा शिष्टाचार भेट हुन्छ,’ भेटमा सहभागी नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले भने,‘नेपाल-भारत सम्बन्धदेखि व्यापार र पारवहनका सबै विषयमा कुराकानी भयो।’

राजदूत भएर गएको चार महिना हुँदा पनि शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटघाट भएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार