
गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
दाहाल निवास खुमलटारमा आज बिहान गृहमन्त्री र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटमा संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक र आगामी चुनावबारे छलफल भएको थियो।
संघीय र प्रदेश सभा सदस्य निर्वाचन मिति घोषणालगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ।
प्रचण्डले मंसिर ४ मा चुनाव हुने बताइरहेका छन्।
गृहमन्त्री खाणले बिहीबार बेलुकी माओवादी नेता कृष्णबहादुर महरासँग पनि कुराकानी गरेका थिए। महरा निवास पुगेर खाणले कुराकानी गरेका हुन्।


