• शुक्रबार, साउन १५ २०८३

स्थानान्तरणकाे प्रकृया अघि नबढ्दा गोरखाका धेरै बस्ति जाेखिममा परे: साँसद गुरुङ


बिहिबार, साउन १२ २०७९
875
Shares

गोरखा । भूगर्भविदले बाढिपहिराेकाे उच्च जाेखिम रहेकाे भन्दै स्थानान्तरण गर्न सिफारिस गरेका गोरखाका दुर्गम बस्तीहरु तत्काल सुरक्षित स्थानमा सार्न साँसद मनकुमारी गुरुङले माग गरेकी छिन् ।

बिहिबार गण्डकी प्रदेश सभामा बाेल्दै साँसद गुरुङले बर्षाैअघि बाढि र पहिराेकाे जाेखिमका कारण स्थानान्तरण गर्न सिफारिसमा परेका लाप्राक, स्यामचेत, सल्लेरी, केराैजा लगायतका बस्तीहरु हालसम्मपनि सुरक्षित स्थानमा नसार्दा स्थानीय समुदाय झनै जाेखिमका परेकाे सरकारकाे ध्यानाकर्षण गराएकी हुन् ।

२०७२ सालकाे भूकम्पले थिलाेथिलाे बनाएकाे बस्तीहरुलाई भूगर्भविदले उच्च जाेखिमकाे सूचीमा राखेर स्थानान्तरणका लागि सिफारिस गर्दा समेत तिनै तहका सरकारबाट कुनै कदम नचाल्दा झनै जाेखिम बढेर गएकाे उनकाे तर्क थियाे ।

बर्खायाममा झनै त्यस्ता बस्तीहरुमा बाढिपहिराेकाे जाेखिम उच्च रहेकाले पूर्वतयारीमा रहन उनले सरकारसंग आग्रह समेत गरेकी छिन । त्यससंगै उनले त्याहाका जनतालाई सुरक्षित स्थानकाे खाेजी गरी तत्काल स्थानान्तरणकाे प्रकृया अघि बढाउन समेत अनुराेध गरेकी छिन् ।

त्यस्तै उनले डेढमहिनाअघि पालुङ्गटार नगरपालिका ९ सहित बिभिन्न वडामा बाढि र पहिराेले सयाै राेपनीमा लगाइएकाे बाली तथा घरहरुमा क्षती पुगेपनि हालसम्म त्यसक्षेत्रका पिडितले कुनै निकायबाट समेत राहत र सहयाेग नपाएकाले तत्काल प्रकृया अघि बढाउन माग गरेकी छिन् ।

अविरल बर्षातपछि सडक जिर्ण बन्दा गोरखाका दुर्गम बस्तीहरुमा यातायातकाे साधनहरु चल्न छाेडेकाे जानकारी गराउदै साँसद गुरुङ्ले सरकारकाे ध्यानाकर्षण गराएकी छिन् ।

सडकका कारण उत्तरी गोरखा लगायत दुर्गम बस्तीहरुमा खाद्धान्न संकट हुन सक्ने जाेखिमलाई सरकारले बेलैमा साेच्न जरुरी रहेकाे समेत उनकाे तर्क थियाे । त्यस्तै सडक जिर्ण बन्दा त्यस क्षेत्रका बासिन्दाकाे जनजिविका कससपूर्ण बनेकाे उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार