• शुक्रबार, साउन १५ २०८३

सांसदलाई मास्क लगाउन सभामुख सापकोटाको आग्रह


मंगलबार, साउन १० २०७९
875
Shares

प्रतिनिधिसभाकाे अाईतबारकाे बैठक आआफनाे स्थानबाट उठेर प्अरमुख प्बरतिपक्ष दल नेपाली काग्रूरेसले अबरूद गरेपछि मंगलबार दिनकाे २ बजे सम्गमलाई स्थगित गरेकाे घाेषणा गर्दै सभामुख अग्निप्रसाद सापकाेटा । t:jL/M रत्न श्रेष्ठ, /f;;

एमालेका सांसदले कोरोना संक्रमण बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सापकोटाले कोरोना भाइरसको संक्रमण बढेकाले सांसदहरुलाई मास्क लगाउन आग्रह गरेका हुन् ।

सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, कोभिड -१९ को संक्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ। तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु।’ बैठकमा अधिकांश सांसदले मास्क लगाएका थिएनन्।

बैठकमा विशेष समय लिँदै सांसद योगेश भट्टराईले मंकीपक्स, हैजा र कोरोना भाइरस संक्रमणको विषयमा नेपाल सरकार गम्भीर नभएको भन्दै ध्यानाकर्षण गराएका थिए।

मंकीपक्सलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको तर नेपालमा मंकीपक्स र बढ्दै गएको कोरोना संक्रमणका बारेमा रोकथामको पूर्वतयारी समेत नभएकाले सरकारको ध्यानाकर्षण गराउँदै संसदलाई जानकारी गराउन माग गरेका थिए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार