• शुक्रबार, साउन १५ २०८३

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


मंगलबार, साउन १० २०७९
1.5K
Shares

sf7df8f}F, #) r}t . k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7s .

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले  ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तुतलाई निर्णयार्थ प्रस्तुत गर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने,भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची रहेकाे छ।

त्यस्तै आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद सचिवालयले जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पौडेलले  ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहित राष्ट्रिय सभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधयेक, २०७८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार