
स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष सचिवहरूको दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुँदैछ ।
भेला पोखरा महानगरपालिका ११ काहुँंकोटमा सुरु हुने भएको हो । भेलाका लागि बिहीबार नै देशका विभिन्न जिल्लाहरूबाट पोखरा आइपुगेका थिए । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरूबाट अध्यक्ष सचिवहरु पोखरा पुगिसकेका थिए ।


स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्र र जिल्लाहरुका भावी योजना तयारीका लागि भेला आयोजना गरिएको जनाए ।
महासचिव महेशविक्रम कुँवरले भेलाका लागि काठमाण्डौ उपत्यकाका जिल्ला अध्यक्ष, सचिव र राष्ट्रिय पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपमहासचिव रत्नकाजी प्रजापति र कोषाध्यक्ष बद्रीबहादुर दुलालको आगमनलगायतका व्यक्तिहरू बिहीबार नै पोखरा पुगेको जानकारी गराए ।
यस्तै काठमाण्डौ जिल्ला अध्यक्ष पुष्करराज पाण्डेका साथ माता भद्रकाली, ललितपुर जिल्ला अध्यक्ष उपेश नौबाग र भक्तपुर जिल्लाबाट केन्द्रीय पार्षद कृष्ण किसी र राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी र अछाम जिल्ला अध्यक्ष बिष्णुबहादुर खड्कालगायतको बिहीबार पोखरा आइपुगेको उनले बताए ।



भेलाका लागि राष्ट्रिय पदाधिकारीहरू संस्थापक अध्यक्ष एवं अध्यक्ष कृष्णप्रसाद बास्तोला, वरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपाध्यक्षद्वय वीरेन्द्र पाण्डे, लक्ष्मी गुरुङ, महासचिव महेशविक्रम कुँवर, उपमहासचिवद्वय सुरेश श्रेष्ठ, रत्नकाजी प्रजापतिलगायतका राष्ट्रिय पदाधिकारीहरूको पुगेका छन् । भेला भोलि शनिबारसम्म चल्नेछ ।