• शनिबार, भाद्र २७ २०८३

जनार्दन शर्माबारे छानबिन समितिको बैठक आज पनि बस्दै


शुक्रबार, साउन ६ २०७९
785
Shares

आज संसदीय छानबिन समितिको बैठक बस्दैछ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

आजको बैठकबाट पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको रिपोर्टिङ लेख्न सुरु गरिनेछ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार