
गोरखा। नेपाली कांग्रेस गोरखाले स्थानिय तहमा कार्यरत करारका कर्मचारीहरुको म्याद थप गर्न माग गरेको छ ।
कांग्रेसले बिहीबार एक बिज्ञप्ति जारी गर्दै करारका कर्मचारीको सम्झौता अबधी सकिए पछि म्याद थपका लागि ध्यानकर्षण गराएको बिज्ञप्तिमा उल्लेख छ ।


नेपाली कांग्रेस गोरखाले माओबादीका उमेद्वार बहुमत सहित बिजयी भएको पालिकाहरुमा करारका कर्मचारीलाई साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरेकोले पार्टीको ध्यानकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।
स्थानिय सरकारमा जनप्रतिनिधिहरुको पहिलो कार्यकाल शुरु गरदै गर्दा अन्यन्त न्युन संख्यामा कर्मचारीहरुबाट स्थानिय सरकार सञ्चालन गर्न बाध्य भएको, संघीय सरकारबाट कर्मचारी समायोजन ढिला र न्युन संख्यामा भएको तथा प्रदेश लोकसेवा आयोग भर्खरै मात्र सक्रिय भएको सन्र्दभमा तत्कालीन अबस्थामा स्थानिय सरकार सञ्चालनमा प्रभाबकारिता ल्याउन लामो समयदेखी स्थानिय तहमा कार्यरत अनुभब कर्मचारीहरु र करार सेवाबाट ब्यबस्थापन गरिएका कर्मचारीबाट पहलो र्कायकालका स्थानिय सरकारहरुले सम्पादन गरेको कठिन दिनहरुलाई मनन गर्नै पर्ने बिज्ञप्तिमा उल्लेख छ ।


स्विकृत दरबन्दी भित्र बिद्यमान कानुन बमोजिम प्रक्रिया सम्वत नियुक्त भएका र सन्तोषजनक कार्य सम्पादन गरिरहेका कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि राज्यको ठूलो लगानी परिसकेको भएकाले अनुभवी कर्मचारीहरुको म्याद थप गरि सेवा लिनु स्थानीय सरकारका लागि अवसर समेत भएको बिज्ञप्तिमा जनाइएको छ ।
गोरखाको गण्डकी, धार्चे, भीमसेनथापा, अजिरकोट, पालुङटारलगायतका विभिन्न पालिकामा गत साउन एक गतेबाट लागु हुने गरी करारमा कार्यरत कर्मचारीहरुकाे सम्झौता समाप्त भएको हाे ।
बिज्ञप्ति-



