• शनिबार, भाद्र २७ २०८३

राप्रपाको केन्द्रीय समितिमा ४९ सदस्य मनोनीत


बिहिबार, साउन ५ २०७९
825
Shares

राप्रपाले केन्द्रीय समितिमा ४९ जनालाई मनोनीत गरेको छ।

बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन मनोनीत भएका केन्द्रीय सदस्यहरूलाई सपथ खुवाएका थिए।

राप्रपा नेपाल छाडेर राप्रपा आएका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङलाई पनि अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

यस्तै तोरणबहादुर गुरूङ, दीपकबहादुर सिंह, शरद गौचन, रामचन्द्र राय, राजाराम श्रेष्ठ, अजय थापा, सम्झना चौधरीलगायत ४९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो।

लष्अ
प्रवक्ता मोहन श्रेष्ठले ४९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार