• शनिबार, भाद्र २७ २०८३

सिंहदरबारमा प्रचण्ड-बाबुरामबीच बैठक


मंगलबार, साउन ३ २०७९
745
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसद बाबुराम भट्टराईबीच सिंहदरबारमा बैठक भएको छ।

माओवादी संसदीय दलको कार्यालयमा उनीहरू दुई जनाबीच छलफल भइरहेको छ। बाबुरामलाई केही दिनअघि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले कारबाही गरेको छ।

समाजवादी केन्द्र बनाउने विषयमा बाबुरामले प्रचण्डसँग कुरा गरेको स्रोतको भनाइ छ।

आजै साँझ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच यस विषयमा छलफल हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार