• शुक्रबार, साउन १५ २०८३

आज पनि संसदीय छानबिन समितिको बैठक बस्दै


मंगलबार, साउन ३ २०७९
785
Shares

संसदीय छानबिन समितिको बैठक बस्दैछ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो। 

बैठकमा सिसिटिभीसँग सम्बन्धित विज्ञहरुसँग् छलफल गर्ने कार्यक्रम रहेको छ।

यसअघि सोमबार बसेको छानबिन समितिले सिसिटिभी फुटेज पत्ता नलाग्ने निष्कर्ष निकालेको थियो।

समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाएको थियो। तर त्यहाँ केही पनि फेला नपरेको एक समिति सदस्यले बताए। 

‘अहिलेसम्म छानबिन गरिरहेका थियौं। अब अनुसन्धान गर्छौं’, उनले भने, ‘अब रिकभर हुने कुनै सिस्टम छ कि भनेर त्यसबारे बुझ्नेछौं। त्यसका लागि प्रयास जारी छ।’

यी सबै प्रक्रिया सकेपछि अर्थमन्त्रीसँग सोधपुछ गरिने उनले बताए।

‘अहिल्यै सोधपुछ गर्ने निचोड निकालेका छैनौं’, उनले भने,‘समग्रमा अहिलेको परिस्थितिमा फुटेज नपाउने निष्कर्षमा हामी पुग्यौं।’

यसअघि आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा बताइएको थियो।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार