• शुक्रबार, साउन १५ २०८३

जनार्दन शर्मामाथि छानबिन गर्न आज पनि बैठक बस्दै


सोमबार, साउन २ २०७९
680
Shares

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ। 

बैठकले आज अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेर निचोड निकाल्ने कार्यतालिका छ।

१४ जेठ राति नौ बजे अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरि बजेट र करको दर हेरफेर गराउन लगाएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो।

शर्मामाथि आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। 

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार