• शुक्रबार, साउन १५ २०८३

राष्ट्रिय समाचार समितिले अब भिडिओ सेवा पनि दिने


आइतबार, साउन १ २०७९
1.3K
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस) को श्रव्यदृष्य (भिडियो) सेवाको आज शुभारम्भ गरेका छन्।

रासस केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोमा रिबन काटेर मन्त्री कार्कीले सो स्टुडियो र सेवा शुभारम्भ गरेका हुन्।

विसं २०१८ फागुन ७ गतेदेखि राज्यको एकमात्र समाचार समितिका रुपमा अविच्छिन्नरुपमा सेवारत राससको श्रव्यदृष्य सेवा शुभारम्भका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री कार्की र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले शुभकामना सन्देश दिई रासस दक्षिण एसियाकै उत्कृष्ट समाचार संस्थाका रुपमा विकास हुन सकोस् भनी कामना गरेका छन्।

मुलुकमा टेलिभिजनको संख्यात्मक वृद्धि र अनलाइन सञ्चारमाध्यमले पनि च्यानल सञ्चालनको क्रम बढाएसँगै रासस श्रव्यदृष्य सेवाको माग र सान्दर्भिकता देखिएको हो।

विगतमा राससले नेपालगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट समाचारसँगै श्रव्यदृष्य सामग्री नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो। त्यसबेला राससले श्रव्यदृष्य सेवालाई प्रविधिसम्पन्न बनाउन नसक्दा उक्त सेवा बन्द भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार