• शुक्रबार, साउन १५ २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै


आइतबार, साउन १ २०७९
1.3K
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।

केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो पदाधिकारी बैठक बस्ने महामन्त्री विश्वप्रकाश शर्माको सचिवालयले जनाएको छ।

कांग्रेसले गत सोमबारदेखि जारी राखेको केन्द्रीय समिति बैठक नेताहरू बोल्ने क्रम सकिएपछि भोलिसम्मका लागि स्थगित भएको थियो।

सोमबार दिउँसो ३ बजे बस्ने बैठकले विभिन्न विषयमा निर्णय गर्ने बताइएको छ।

विभाग तथा समिति गठन, नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता र पूराना भ्रातृ तथा शुभेच्छुक संस्थाका महाधिवेशन तथा पूर्णता दिने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने तयारी छ।

सभापति शेरबहादुर देउवाले महाधिवेशन सकेको छ महिनाभित्र विधानअनुसार गरिसक्नुपर्ने काम गरेका छैनन्। विधानअनुसार काम नगरेको भन्दै देउवाको आलोचना भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार