• शुक्रबार, साउन १५ २०८३

गभर्नर अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले राष्ट्र बैंक घेराउ गर्ने


आइतबार, साउन १ २०७९
1.5K
Shares

सत्तारुढ दलद्वय नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठन नेपला विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आज आइतबार काठमाडौंमा घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन्।  

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयमा  प्रश्न उठेको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले गर्भनर अधिकारीको राजीनामा मागेका हुन्। 

आज बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा  जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने   कार्यक्रम रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।

विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने मैनालीले बताए।

गभर्नर अधिकारी एम. अधिकारीको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको चर्चापछि उनी विवादमा तानिएका हुन्। यद्यपि एमालेले भने एम. अधिकारी गभर्नर नभएको दाबी गरेको छ। 

सरकारलाई दबाब दिन यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ज्ञापनपत्र बुझाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार