• शुक्रबार, साउन १५ २०८३

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित


शुक्रबार, असार ३१ २०७९
1.2K
Shares

प्रतिनिधि सभाको उपसभामुख पदमा सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् ।​ 

प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा भुसाल र एमालेका विद्या भट्टराईबीच भएको प्रतिस्पर्धामा भुसाल निर्वाचित भएकी हुन् ।

मत विभाजनका आधारमा भएको भएको निर्वाचनमा भुसालको पक्षमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका सांसदले दस्तखत गरेका थिए । भट्टराईको पक्षमा राप्रपाका सांसदले मत दिएका थिए भने नेमकिपाले कसैलाई पनि मत दिएन । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार