• शनिबार, भाद्र २७ २०८३

हर्क साम्पाङलाई भेट्न धरान पुगे रवि लामिछाने


शुक्रबार, असार ३१ २०७९
810
Shares

सुनसरीको धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ।

उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा शुक्रबार बिहान भेट भएको हो। साम्पाङ र लामिछानेबीच भेट भएको स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पुष्टि गरेका छन्।

उनले दुवै नेताको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो, तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईँसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ,’ लामिछानेलाई उद्धृत गर्दै बोहराले लेखेका छन्।

लामिछाने चुनाव चिह्न घण्टी बोकेर अहिले पार्टी निर्माण अभियानमा छन्।

झापाको काकडभिट्टाबाट थालेको अभियान लिएर रवि धरान पुगेका हुन्। उनले धरानस्थित सिद्धि नेवा परिषदको भवनमा कार्यक्रम राखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार