
गोरखा । भिमसेन थापा गाउँपालिकामा अध्यक्ष लोकप्रसाद बञ्जाराले गाउँसभामा एकलौटी निर्णय गरेको भन्दै उपाध्यक्ष अमृता वस्तीसहित २० जना सदस्यहरुले गाउँसभा बहिस्कार गरेका छन् ।
बजेट निर्माणका क्रममा योजना तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने ब्यवस्था भएपनि गाउँपालिका अध्यक्ष वञ्जाराद्धारा योजना निर्माणमा हस्तक्षेप गरेको भन्दै उपाध्यक्षसहित २० जनाले गाउँसभा बहिष्कार गरेका हुन् ।

अध्यक्षले हस्तक्षेप गरेकाे भन्दै असन्तुष्ट सदस्यहरुले एक विज्ञप्ती जारी गर्दै बहुमतका आडमा आफुखुसी अध्यक्ष बञ्जाराले गरेकाे निर्णयकाे भत्सर्ना समेत गरेका छन् ।
विज्ञप्तीमा उपाध्यक्षलाई भुमिका बिहिन बनाइएको, बहुमतको दम्भमा योजना कार्यपालिकामा पेश गरेका, उपाध्यक्षको संयोजकत्वमा निर्माण हुने न्यायिक समिति गठनमा बिना परामर्श सदस्यहरु प्रस्ताब गरेको, बिकास समिति, शुसासन समिति, लेखा समितिमा एकलौटी गरेको आरोप लगाइएकाे छ ।
हेर्नुस बिज्ञप्ती

