• शनिबार, भाद्र २७ २०८३

गभर्नरलाई बर्खास्त गर्न माग गर्दै वाइसिएलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने


शुक्रबार, असार ३१ २०७९
1K
Shares

योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गभर्नरलाई बर्खास्त गर्न माग गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ ।

गभर्नर महाप्रसाद अधिकारी एमाले अर्थ योजना विभाग सदस्य हुनुका साथै शैक्षिक योग्यता समेत नपुगेकाले बर्खास्त गर्नुपर्ने भन्दै वाइसिएलले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने भएको हो ।

शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेर वाइसिएलले ज्ञापनपत्र बुझाउने वाइसिएलका प्रचार विभाग प्रमुख पुष्प वलीले बताए । ‘हामीलाई प्रधानमन्त्री ज्युले विहान साढे ११ बजेको समय दिनुभएको हो । फेरि एकछिन भन्नुभएको छ ।

आज दिउँसोसम्म ज्ञापनपत्र बुझाउँछौ’ वलीले भने, ‘आजै प्रधानमन्त्री ज्यूलाई भेटेर गभर्नर बर्खास्त गर्नुपर्यो भन्ने छ ।’ राजनीतिक दलको कार्यकर्ता र शैक्षिक योग्यता समेत नपुगेको व्यक्ति नैतिक रुपमा गभर्नर बस्न मिल्दैन भन्ने छ ।’ एमालेले एम अधिकारी अरु नै हो भन्नेगरी छल्न खोजेपनि गभर्नर नै भएको पुष्टि भइसकेको वलीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार