• शुक्रबार, साउन १५ २०८३

माओवादी अध्यक्ष प्रचण्ड आज दिल्ली जाँदै


शुक्रबार, असार ३१ २०७९
1000
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदैछन् । आज दिउँसो प्रचण्ड भारत गएर साउन १ गते फर्कनेछन् ।

भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा आज दिल्ली भ्रमणमा जान लागेका माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ।

भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा. एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि दिल्ली भ्रमणमै छिन् ।

त्यसो त दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनको चासो नेपालमा बढिरहेको छ । अमेरिका र चीनका मन्त्रीहरू नेपाल आएर फर्किसकेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणलगत्तै प्रचण्डले भारत भ्रमण गर्न लागेपछि अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार