
गोरखा । गोरखाको स्थानीय तहको बेरुजु रकम झन्डै २२ करोड देखिएको छ । आब २०७७/०७८ मा जिल्ला भित्रको ११ पालिकाको २१ करोड ९१ लाख ३४ हजार रुपैँया बेरुजु देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदनमा सार्वजनिक गरे अनुसार जिल्लाको ११ स्थानिय तहमा २१ करोड ९१ लाख ३४ हजार रुपैँया बेरुजु देखिएको छ ।
प्रतिवेदन अनुसार गोरखाको स्थानीय तहमध्य सबैभन्दा बढि बेरुजु रकम आउने धार्चे गाउँपालिका रहेको छ । महालेखा परीक्षक कार्यालयले सो पालिकाको ३.४५ प्रतिशत अर्थात २ करोड ६२ लाख १३ हजार रुपैँया बेरुजु देखिएको छ ।


यस्तै गोरखाको सबैभन्दा कम बेरुजी अजिरकोट गाउँपालिकाको देखिएको छ । अजिरकोट गाउँपालिकाको ३.४५ प्रतिशत अर्थात ६६ लाख ९९ हजार रुपैँया बेरुजु देखिएको छ । यस्तै सिरानचोक गाऊँपालिकाको २.६ प्रतिशत बेरुजु अर्थात २ करोड २८ लाख ९५ हजार रुपैयाँ रुपैँया बेरुजु देखिएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार पालुङटार नगरपालिकाको १.९ प्रतिशत बेरुजु अर्थात ३ करोड २६ लाख ६० हजार रुपैयाँ, वारपाक सुलिकोट गाउँपालिकाको १.५७ अर्थात २ करोड १७ लाख ६५ हजार रुपैयाँ चुमनुब्री गाऊँपालिकाको २.०१ प्रतिशत बेरुजु अर्था १ करोड ७ लाख ६५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यस्तै भिमसेनथापा गाऊँपालिकाको १.९२ प्रतिशत बेरुजु अर्थात २ करोड १७ लाख ५६ हजार, आरुघाट गाऊँपालिकाको १.३३ प्रतिशत अर्थात १ करोड ५३ लाख ८२ हजार , गण्डकी गाऊँपालिकाको १ दशमलव ५३ प्रतिशत अर्थात १ करोड ८४ लाख ५३ हजार, गोरखा नगरपालिकाको १.४२ प्रतिशत अर्थात २ करोड ९५ लाख २५ हजार, शहिद लखन गाऊँपालिका ०.९८ अर्थात १ करोड ३० लाख २१ हजार रुपैयाँ बेरुजु रहेको महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


