
गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित भएको छ । आईतबार १० जुलाई २०२२ का दिन पेरिस शहरको पूर्वी सिमानामा पँता शहरको पार्कमा सम्पन्न महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र श्रीमती सिता अधिकरीको प्रमुख अतिथित्य रहेको महाधिवेशनै भेटघाट तथा बार्बेक्यु कार्यक्रम सहित सम्पन्न भएको थियो । महाधिवेशनले निर्वाचन उपसमितिका संयोजक, अभिभाबक एब साहित्यकार हरिहर अर्यालले सहमतिय निर्वाचनबाट १७ सदस्यीय कार्यसमिति चयन भएको घोषणा गरेका थिए ।
त्यस्तै महाधिवेशनले महिला उपाध्यक्षमा नानु देबकोटा, उपाध्यक्षमा सुजनराज भट्ट महासचिबमा धनकुमारी घले, सचिबमा रञ्जित भट्ट कोषाध्यक्षमा कुल तामाङ, सहकोषाध्यक्षमा बार्ता कुमारी गुरुङलाई चयन गरेको थियो ।


सदस्यहरुमा रबिना सिम्खडा, सन्जिब देबकोटा, होमबहादुर थापा ९अर्जुन०, सुदिप दवाडी, सुजन बानियाँ, जीवन आले मगर, मनकुमारी घले, मिक्का गुरुङ९मुक्ति०, वीरबहादुर गुरुङ, र सम्झना भट्टलाई चयन गरेको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुरेन्द्र काप्रीले गरेका थिए भने कार्यक्रम सन्चालन महासचिब राजेन्द्रबाबु श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा समाजका महासचिव श्रेष्ठले संस्थाले गरेका क्रियाकलापको प्रतिबेदन, कोषाध्यक्ष नानु देबकोटाले आर्थिक प्रतिबेदन पेश गरेका थिए । निर्वाचन उपसमितिका संयोजक हरिहर अर्यालले सहमतीय निर्वाचन प्रणालीबाट १७ सदस्यीय कार्यसमिति चयन भएको घोषणा गरेका थिए ।
कार्यक्रममा समाजका सल्लाहकार एवं एकता समाज फ्रान्सका पूर्व अध्यक्ष शुकबहादुर गुरुङ तथा अर्का सल्लाहकार, एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष, इन्जिनियर निर्मल अर्यालले निबर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कदर पत्र प्रदान गरेका थिए ।

यसै क्रममा राजदुत दिपक अधिकारीले गोर्खाली समाज फ्रान्स स्थापनाको उदेश्य प्राप्तिको लागि र नवनिर्बाचित अध्यक्ष रामेश्वर श्रेष्ठ लगायत कार्यसमितिका सम्पुर्ण सदस्यलाई बधाई तथा शुभकामना ब्यक्त गरे ।
फ्रान्समा भएका बिभिन्न नेपाली संघ संस्थासंग सहकार्य गर्दै आइरहेको यो समाजले जन्मभूमिको माया र सद्भाव अनि अटुट सम्बन्ध कायम गर्दै बिभिन्न किसिमका आर्थिक सहयोग गर्दै आएको जनाएको छ । कार्यक्रम स्थालकोवरपर र दोबाटोमा नेपाली ध्वजा , झन्डा , ब्यानरले सजाइएको थियो ।
यसै क्रममा कार्यक्रममा गैर आवासीय नेपाली संघका बरिष्ठ उपाध्यक्ष शिवराम भण्डारी, पाकोफोन फ्रान्सका कोषाध्यक्ष बिरु खड्का, साँस्कृतिक गृहका अध्यक्ष सुरज श्रेष्ठ, उपाध्यक्ष हेमन्त उपाध्याय, इनास फ्रान्सका अध्यक्ष प्रवीण सापकोटा , बरिष्ठ उपाध्यक्ष जगत खड्का, नेपाली प्राध्यापक डा। राजेश खतिवडा, जनसम्पर्क समितिका पूर्व महामन्त्री कमल बिक्रम केसी, तमाङ घेदुङ फ्रान्सका सल्लाहकार कुलबहादुर तामाङ, मोना फ्रान्स योगेश पुन, लगायतको उपस्थिती रहेकाे थियो ।


