• आइतबार, भाद्र २८ २०८३

उपसभामुखमा एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता


बिहिबार, असार ३० २०७९
695
Shares

प्रतिनिधि सभाको उपसभामुखमा नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्।

एमाले सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन्।

यसअघि गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन्। उम्मेदवारको सूची केहीबेरमा प्रकाशन गर्ने कार्यसूची रहेको छ।

भोलि मतदान हुनेछ। भोलि उपसभामुखको निर्वाचन हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार