• मंगलबार, कार्तिक ४ २०८३

नेपालीलाई सीमानामा राख्नु अमानवीय : श्रेष्ठ


बिहिबार, चैत्र २० २०७६
935
Shares

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिमानामा नेपालीलाई अलपत्र राख्नु गैरजिम्मेवारी भएको बताएका छन् ।

उनले अलपत्र परेकालाई तत्काल विशेष क्वारेन्टाइनमा राख्नु पर्ने बताए ।

बिहिबार सामाजिक सञ्जाल मार्फत प्रवक्ता श्रेष्ठले सिमानामा आइसकेकालाई देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै नसक्ने बताए ।

उनले लेखेका छन्, नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुखद् हो।उनीहरुलाई क्वारान्टिनमा राख्न कसैको आदेश चाहिदैन।तत्काल बिषेश क्वारानटिनमा राखौं।’

प्रवक्ता श्रेष्ठले सिमामा अलपत्र परेका नेपाली देशभित्र ल्यमउन व्यवहारीक रूपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुल्ला आकाशमुनी राख्न नहुने  जिकिर गरेका छन्।

उनी लेख्छन्, नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन। सुन्नै नसकिने यो कुरा सँघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेको? हुनै सक्दैन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार