• शुक्रबार, साउन १५ २०८३

दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण


मंगलबार, असार २८ २०७९
940
Shares

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महँगीका कारण जनता आक्रान्त भएको बताए । उनले दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउन सरकारले ध्यान दिनुपर्ने बताए ।

बैठकमा ठेकेदारको लापरबाहीका कारण विकास निर्माणका कामहरू रोकिएको उल्लेख गर्दै सांसद विश्वकर्माले उनीहरूलाई सरकारले कडाइपूर्वक काम लगाउन निर्देशन दिनुपर्ने बताए । यस्तै, उनले बढ्दो व्यापार घाटालाई रोक्नुपर्ने बताउँदै आयातलाई कम गर्दै लैजानुपर्नेमा समेत ध्यानाकर्षण गराए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार